PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

उपेन्द्र यादवको दाबी : संसदको यही अधिवेशनमा संविधान संशोधन



पहिलोपोस्ट

उपेन्द्र यादवको दाबी : संसदको यही अधिवेशनमा संविधान संशोधन
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उप प्रधानमन्त्री उपेन्द्र यादवले संसदको यही अधिवेशनमा संविधान संशोधन हुने दाबी गरेका छन्।

आज रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विधयेक दर्ता हुने र पारित हुने दाबी गरे। 

‘यही अधिवेशनमा यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ। जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन,’ यादवले भने, ‘यो संविधानले देश चल्दैन। जति चाँडो संविधान संशोधन गर्यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ।’

संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पार्दै उनले भने, ‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं।’

संविधान संशोधन गराउन आफूले प्रयास गरिरहेको यादवले बताए। मुलुकलाई यो अलमलपनाबाट बाहिर निकाल्न संशोधन आवश्यक रहेको उनले बताए। 

सरकारको दश महिने उपलब्धी बारे उनले भने, ‘सरकारको उपलब्धी भनेको निरन्तर सरकार चलिरहेको छ। हामीले यो सरकार दुई तिहाई हो भनेर भन्न पाएका छौं। सरकार स्थिर छ। कसैले हल्लाएर हल्लिँदैन। संसदमा विपक्षी छैन। सत्तापक्षका नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छन्। सरकारलाई हाइसञ्चो छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell