PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

काशीनाथ तिवारी हत्यामा २० वर्ष कैद भोगिरहेका कुशवाहलाई सर्वोच्च अदालतले दियो सफाइ



पहिलोपोस्ट

 काशीनाथ तिवारी हत्यामा २० वर्ष कैद भोगिरहेका कुशवाहलाई सर्वोच्च अदालतले दियो सफाइ

काठमाडौं : हिन्दु युवासंघ वीरगंजका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा कैद भुक्तान गरिरहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई अदालतले सफाइ दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्वरबहादुर शाहीको संयुक्त इजलासले सफाइको निर्णय सुनाएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई गत वैसाख २६ गते काठमाडौंबाट पक्राउ गरेको थियो। जिल्ला अदालत बाराले दिएको सफाई उल्टाउँदै जनकपुर उच्च अदालतले कुशवाहालाई जन्मकैदको सजाय सुनाएको थियो।

२०७४ फागुन २५ मा उच्च अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। 

कुशवाहा माओवादी केन्द्रबाट उम्मेदवारी दिइ मेयरमा निर्वाचित भएका थिए। उनी पूर्वमन्त्री प्रभु साहका स्वकीय सचिव समेत रहेका थिए। २०६७ असार १२ गते वीरगञ्ज मसानघाट शिवपार्वती मन्दिर नजिकै तिवारीको हत्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell