PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तेह्रथुम र धनकुटामा १९ वर्षपछि हिउँ पर्‍यो, जाडो बढ्यो



अनन्तराज न्यौपाने

तेह्रथुम र धनकुटामा १९ वर्षपछि हिउँ पर्‍यो, जाडो बढ्यो

विराटनगर : पूर्वी पहाडी क्षेत्रको तेह्रथुम र धनकुटा जिल्लामा शुक्रबार १९ वर्षपछि हिउँ परेको छ।
 
समुद्री सतहबाट १ हजार ९ सय १७ किलोमिटर उचाइमा रहेको धनकुटाको हिले र त्यसभन्दा माथि रहेका सिधुवा, चित्रे र तेह्रथुमको वसन्तपुरसम्म हिउँ परेको हो।

धनकुटा जिल्लाको हिलेमा अपराह्न ३ बजेदेखि हिउँ परेको र ४ फिटसम्म हिउँ जमेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेले बताए।

धरानदेखि हिउँ हेर्न आउने सङ्ख्या बढेको घिमिरेले जानकारी दिए। हिलेमा आधुनिक होटल पर्याप्त रहेको उनको भनाइ छ।

प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरबाट हिले १०५ किलोमिटर उत्तरमा अवस्थित छ।

विराटनगरबाट तेह्रथुम जाँदै गरेका प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो हिमपातका कारण हिलेमा ३ घण्टा रोकिए।

‘विरलै प्राप्त हुने दुर्लभ अवसर,’ उनले फेसबुकमा स्टाटस लेख्तै हिमपातको दृश्य तस्बिरमा देखाएका छन्।

‘रमाइलो सँगसँगै दुःख पनि छ,’ मन्त्री आङ्बोले भने, ‘यता तेह्रथुम आउने सबै गाडी रोकिएका छन्। हिलेमा जाम र भिड छ।’

आङबोका अनुसार पहिले स्थानीयले नून छरेर हिउँ पगाल्ने प्रयास गरेका थिए तर पार लागेन। यसपछि जेसिबीको प्रयोग गरिएको छ। 
हिमपातका कारण पूर्वमा एक्कासी चिसो बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell