PahiloPost

Jun 24, 2026 | १० असार २०८३

काठमाडौं जिल्ला अदालत परिसरबाटै हथकडीसहित फरार तामाङ दुई दिनपछि समातिए



पहिलोपोस्ट

काठमाडौं जिल्ला अदालत परिसरबाटै हथकडीसहित फरार तामाङ दुई दिनपछि समातिए

काठमाडौं : बुधवार जिल्ला अदालतबाट हथकडी सहित भागेका एक अभियुक्त पक्राउ गरेका छन्।

चोरी अभियोगमा म्याद थप गर्न अदालत लगिएका  सिन्धुपाल्चोकका लालकाजी तामाङ जिल्ला अदालत काठमाडौंको परिसरबाट हथकडीसहित फरार भएका थिए। तामाङलाई शुक्रवार सिन्धुलीमा परिसरको विषेश टोलीले पक्राउ गरेको परिसरका डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए। डिएसपी वोगटीले भने,' हाम्रो टोलीले आज सिन्धुलीमा पक्राउ गरेर काठमाडौं ल्याउदै छ।'

तामाङलाई केही समय अगाडि नै अदालतले चोरी मुद्दामा फैसला सुनाएको थियो। फरार सूचीमा रहेका तामाङलाई परिसरले समातेर अदालतमा बुझाएको थियो। तामाङले केही व्यक्तिलाई ज्यान मार्ने धम्की समेत दिएको उजुरी परेको डिएसपी वोगटीले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell