PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कालिकोटका आग्नीपीडिलाई प्रतिपरिवार पाँच लाख राहत



पी बी खड्का

कालिकोटका आग्नीपीडिलाई प्रतिपरिवार पाँच लाख राहत

सुर्खेत: कालिकोटका आगलागी पीडितलाई प्रदेश सरकारले प्रतिपरिवारलाई पाँच लाख रुपैयाँ दिने भएको छ। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आगलागी पीडितहरुलाई पुनस्र्थापनाका लागि कर्णाली प्रदेश सरकारले प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो। 

जसअन्तरगत प्रदेश सरकारले आगलागी पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार नगद पाँच लाख आर्थिक सहयोग गर्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताइन्। आगलागी भएकै बस्तीमा आगलागी पीडितहरुलाई पुनस्र्थापना गरिने योजना प्रदेश सरकारले बनाएको छ। कालिकोटको खाडा पुस ८ गते राती २ वजे भएको आगजनीबाट ८७ घरपरिवार विस्थापीत भएका छन्।

बैठकले प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरु मनोनयन गरेको छ। जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगुमा पारसमणी मल्ल, डोल्पामा तेजेन्द्रबहादुर रोकाया, हुम्लामा छेपाल दोर्जे लामा तामाङ, कालिकोटमा सरोज बोगटीलाई अध्यक्षमा मनोनयन गरिएको प्रवक्ता केसीले जानकारी दिइन्। 

यस्तै, जाजरकोट जिल्ला अस्पतालको अध्ययक्षमा धर्म्शिला बस्नेत, रुकुम पश्चिममा सुन्दर वली, सुर्खेतस्थित मेहलकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालयमा ओमबहादुर बोहरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकी मगरलाई मनोनयन गरिएको छ। यस्तै एक मात्र प्रदेश अस्पताल सुर्खेतमा श्यामलाल कँडेललाई अध्यक्षमा र हरिमाया शर्मा सदस्यमालाई मनोनयन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell