PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आयोजकसँग बदला लिँदै पिएफए अत्तरियाले उचाल्यो फारवेस्ट पशुपति कपको उपाधि 



एम बम

आयोजकसँग बदला लिँदै पिएफए अत्तरियाले उचाल्यो फारवेस्ट पशुपति कपको उपाधि 

कैलालीः नाज ओभरसिज पिएफए अत्तरियाले चौथो संस्करणको फारवेस्ट पशुपति कपको उपाधि जितेको छ। 

शनिवार धनगढी रंगशालामा आयोजक फारवेस्ट पशुपति युवा क्लबलाई टाईब्रेकरणमा हराउँदै च्याम्पीयन बनेको हो। 

तेस्रो संस्रकणमा आयोजक फारवेस्ट पशुपतिसँगै फाइनलमा पराजित भएको बदला लिदैं पिएफए अत्तरीया चौथो संस्करणको विजेता बनेको हो। अत्तरियाले फारवेस्ट पशुपतिलाई टाईब्रेकरमा ५–३ ले पराजित गर्दै नगद चार लाख सहित ट्रफी हात पारेको छ। उपविजेता बनेको फारवेस्ट पशुपतिले नगद दुई लाखमा चित्त बुझाएको छ। 

निर्धारित समयसम्म कुनै पनि टीमले गोल नगरेपछि टाईब्रेकरबाट विजेता उपविजेता टुङगाईएको हो। फारवेस्ट पशुपतिका लागि महेश चन्द जोजोको प्रहार बाहिरिएका कारण आयोजक विजेता बन्नबाट चुकेको हो। 

फारवेस्टका लागि भिष्म भाट, कृष्ण कठायत, र दिपेन्द्र वुढाले गोल गर्दा पाँचौ प्रहार भने कुनै पनि खेलाडीले गरेनन्। नाज ओभरसिज पिएफएलाई उपाधि जिताउने क्रममा मिलन भट्ट, दिपेश आलेमगर, सन्तोष कार्की, वादल पाख्रीन र आशिष क्षेत्रले पेनाल्टी प्रहारलाई गोलमा परिणत गरे। 

मंसीर २९ गतेदेखि सुरु भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी फारवेस्ट पशुपतिका भिष्म भाट भए। उनले नगद १५ हजार हात पारे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell