PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

म्यूजिक भिडियोमा व्यस्त अञ्जली अधिकारी



पहिलोपोस्ट

म्यूजिक भिडियोमा व्यस्त अञ्जली अधिकारी

काठमाडौं :  प्रकाश सपूतको 'बोल माया'बाट चर्चा बटुलेकी कलाकार अञ्जली अधिकारी पछिल्लो समय म्यूजिक भिडियोको सुटिङमा व्यस्त छिन्। उनले नेपाली फिल्मको गीतमा पनि अभिनय थालेकी छिन्।

हालै उनले फिल्म 'प्रसाद'को  'बनकी चरी'बोलको गीतमा निश्चल बस्नेतसँगअभिनय गरेकी थिइन्। अहिले भने अञ्जली अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। मनिषा पोखरेलको स्वरमा 'निदरी'बोलको गीत सावर्जनिक भएको हो।

टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत रहेको गीतमा अञ्जलीसँगै अर्जुन गौतम फिचर्ड छन्। काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन र दीपक विष्टको सम्पादन छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell