
एन गोलो कान्टेले गरेको एक मात्र गोलको मद्दतमा चेल्सीले प्रिमियर लिगमा कार्डिफ सिटीलाई पराजित गरेको छ।
आइतवार भएको खेलमा चेल्सीले कार्डिफलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको छ। कार्डिफको मैदानमा भएको खेलमा कान्टेले खेलको ५५औँ मिनेटमा गोल गरेका हुन्।
जितपछि चेल्सीले दोस्रो स्थानको टोटनहम र तेस्रो स्थानको म्यानेचष्टर सिटीसँग अंकदुरी कम गरेको छ।
चेल्सीले २० खेलबाट ४३ अंक जोडेको छ र चौथो स्थानमा यथावत छ।
टोटनहमको समान खेलबाट ४५ अंक छ भने एक खेल कम खेलेको सिटीको ४४ अंक छ। सिटीले अहिले साउथह्याम्पटनसँग खेलिरहेको छ। उक्त खेल जितेमा सिटी दोस्रो स्थानमा उक्लनेछ।