PahiloPost

Jun 24, 2026 | १० असार २०८३

निर्मला हत्याको विषयमा प्रहरी महानिरीक्षक खनाल र सुदूर पश्चिमका मुख्यमन्त्री भट्टबीच कुराकानी



पहिलोपोस्ट

निर्मला हत्याको विषयमा प्रहरी महानिरीक्षक खनाल र सुदूर पश्चिमका मुख्यमन्त्री भट्टबीच कुराकानी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच आइतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा भेटवार्ता भएको छ।

दुवै जनाबीच निर्मला पन्त हत्याकाण्डको अनुसन्धान लगायत प्रदेशको समग्र सुरक्षा अवस्थाका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिव ओलीले जानकारी दिए।

मुख्यमन्त्री भट्टले निर्मला पन्त हत्या काण्डको अनुसन्धान लाइ चाँडो निश्कर्षमा पुर्याउने विषयमा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए। त्यस्तै प्रदेश प्रहरी गठन लगायत समग्र प्रदेशको सुरक्षा अवस्थाका विषयमा पनि दुवैजनाबीच कुराकानी भएको थियो। मुख्यमन्त्री सँगको भेटमा प्रहरी महानिरीक्षक खनालले निर्मला हत्या घटनालाइ प्रहरीले सुक्ष्म तरिरकाले अनुसन्धान गरिरहेको र आफु समेत त्यसमा खटेको बताएको बताएका  थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell