PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

प्रिमियर लिगः दुवै म्यानचेष्टर क्लबको सहज जित, सिटी दोस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिगः दुवै म्यानचेष्टर क्लबको सहज जित, सिटी दोस्रो स्थानमा उक्लियो

म्यानचेष्टरका दुई क्लबले आइतबार प्रिमियर लिगमा प्रभावशाली जित हात पारेका छन्। साविक विजेता म्यानचेष्टर सिटीले साउथ ह्याम्टनलाई पराजित गर्दा म्यानचेष्टर युनाइटेडले एएफसी बर्नमाउथलाई हरायो।

सिटीले दश खेलाडीमा झरेको साउथ ह्याम्पटनलाई उसैको मैदानमा ३-१ ले पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी ७ मा झारेको छ।

डेभिड शिल्भाले १०औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। साउथ ह्याम्टन पिएरे होजर्वगले ३७औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे। पहिलो हाफको अन्तिममा साउथ ह्याम्टपनका जेम वार्ड प्रववेसले आत्मघाती गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो।

पहिलो हाफकै इन्जुरी टाइममा सर्जियो अगुएरोले गोल गरेपछि सिटीले ३-१ को अग्रता बनाएको हो।

८५ औँ मिनेटमा गोलकर्ता होजवर्ग रातो कार्ड खाँदै मैदान बाहिरिएपछि साउथ ह्याम्पटनले एक खेलाडी कममा रहेर खेलको अन्त्य गरेको हो।

जितपछि २० खेलबाट सिटीले ४७ अंक जोडेको छ। सिटीले टोटनहमलाई २ अंकले पछि पारेको छ।

यस्तै पउल पोग्वाले लगातार दोस्रो खेलमा दुई गोल गर्दा दश खेलाडीमा झरेको युनाइटेडले बर्नमाउथलाई ४-१ ले पराजित गर्‍यो। केयरटेकर म्यानेजर सोल्सायरको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा लगातार तीन खेल जितेको हो।

युनाइटेडका लागि रोमेलु लुकाकु र मार्कुस रासफोर्डले पनि एक/एक गोल गरे। बर्नमाउथका लागि नाथन एकेले एक गोल फर्काए। ७९औँ मिनेटमा एरिक बेइले रातो कार्ड पाएपछि युनाइटेड शद खेलाडीमा जरेको थियो। तर बर्नमाउथले त्यसको फाइदा उठाउन सके।

जितपछि २० खेलबाट ३५ अंक जोडेको युनाइटेडले चौथो स्थानको चेल्सीसँग अंक दूरी ८ मा झारेको छ। यस्तै पाँचौ स्थानको आर्सनलभन्दा ३ अंकले पछि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell