PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सवारीको ठक्करबाट चितुवाको मृत्यु, ठक्कर दिने सवारी खोज्दै प्रहरी



पहिलोपोस्ट

सवारीको ठक्करबाट चितुवाको मृत्यु, ठक्कर दिने सवारी खोज्दै प्रहरी
फाइल फोटो

काठमाडौँः दाङमा सवारीको ठक्करबाट चितुवाको मृत्यु भएको छ।

आइतबार करिब ८ बजेतिर लमही नगरपालिकास्थित तल्लो अमिलिया पूर्वपश्चिम राजमार्गमा चितुवालाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्दाजी ६० केजीको चितुवालाई इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले कानुनी प्रक्रिया सम्पन्न गरी वन कार्यालय लमहीलाई बुझाइएको छ। प्रहरीले चितुवालाई ठक्कर दिने सवारीको खोजतलास कार्य भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell