PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

काठमाडौँ जिल्ला अदालतका खरिदार पोख्रेल १० हजार घुससहित पक्राउ



पहिलोपोस्ट

काठमाडौँ जिल्ला अदालतका खरिदार पोख्रेल १० हजार घुससहित पक्राउ
प्रतिकात्मक फोटो

काठमाडौँः काठमाडौँ जिल्ला अदालतका खरिदार विदुर पोखरेल घुससहित पक्राउ परेका छन्।

सोमबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खरिदार पोखरेललाई पक्राउ गरेको हो। पोखरेललाई सोह्रखुट्टेको एसबी फाष्टफुडबाट सेवाग्रहासीसँग १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

पोखरेलले बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस लिएको अख्तियारको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell