PahiloPost

Jun 24, 2026 | १० असार २०८३

दीपिका कक्कर भइन् 'बिग बोस १२'को विजेता



पहिलोपोस्ट

दीपिका कक्कर भइन् 'बिग बोस १२'को विजेता

टेलिभिजन रियालिटी सो 'बिग बोस १२'को उपाधि  दीपिका कक्करले जितेकी छिन्। उनले ट्रफीसँगै ५० लाख नगद उपहार जितिन्।

१५ हप्तासम्म आइपुग्दा दीपिकासँगै श्रिशान्त, रोमिल चौधरी, दीपक ठाकुर र करणवीर बोहरा ग्रान्ड फिनालेमा पुगेका थिए। टेलिभिजन रियालिटी सोका होस्ट सलमान खान थिए। विजेता बनेकी दीपिकाले सोलाई श्रिशान्तले जिते पनि उतिकै खुशी हुने बताइन्।

दीपिका र श्रिशान्त मिल्ने साथिसँगै दाजुबहिनी थिए। दर्शकको भोटको आधारमा विजेता घोषणा गरिएको हो।

पहिलो सिजनमा विजेतालाई १ करोड नगद उपहार राखिएको थियो। सिजन १२ मा विजेताका लागि नगद उपहार ४३ लाख मात्र थियो। तर प्रतिस्पर्धीलाई विभिन्न टास्क गराएर रियालिटी सोले उपहार राशी ५० लाख बनाएको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell