PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ए डिभिजन लिग : एनआरटी र मछिन्द्र बीचको खेलमा गोलको वर्षा, ५-५ को बराबरी खेल्दै बाँडे अंक



पहिलोपोस्ट

ए डिभिजन लिग : एनआरटी र मछिन्द्र बीचको खेलमा गोलको वर्षा, ५-५ को बराबरी खेल्दै बाँडे अंक
photo : anfa

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७५ मा को एकै खेलमा सबैभन्दा धेरै गोल हुँदा एनआरटी र मछिन्द्रले बराबरी खेल्दै अंक बाँडेका छन्।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा गोलको वर्षा हुँदा एनआरटी र मछिन्द्रले ५-५ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा पहिलो हाफमै दुवै टोलीले ४-४ गोल गरेका थिए। पहिलो हाफमा ८ गोल भएपनि दोस्रो हाफमा भने २ गोल मात्र भयो। पहिलो हाफमै मछिन्द्रले ४-१ को अग्रता बनाउँदा पनि कायम राख्न नसक्दा जितबाट बन्चित भयो।

मछिन्द्रका लागि विशाल राईले दुई गोल गर्दा खमिर गिल्सन कन्दङ्वा, अनिल गुरुङ र भासडिया डाइमण्डेले एक-एक गोल गरे।

एनआरटीका अशोक थापाले दुई, सुनील लामा र डिडियर स्माइलले एक-एक गोल गरे। मछिन्द्रका साइद गेङ्गाले एक आत्मघाती गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell