PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

हवाई सुरक्षाका लागि नेवानीमा मापासे चेक, प्रवक्ता लामाले फोटोसहित दिए प्रमाण



पहिलोपोस्ट

हवाई सुरक्षाका लागि नेवानीमा मापासे चेक, प्रवक्ता लामाले फोटोसहित दिए प्रमाण
सबै फोटो क्याप्टेन विजय लामाको फेसबुकबाट।

काठमाडौं : नेपाल वायुसेवा निगमभित्र मापासे परीक्षण अनिवार्य रुपमा लागू भएको छ। निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले फेसबुक स्टाटसमार्फत् मापासे परीक्षण भइरहेको जानकारी दिएका छन्।

'हामी विमान चालक अनि विमानसँग संलग्न भएका सम्पूर्ण कर्मचारीहरुको पनि मापसे जाँच हुन्छ कि हुँदैन भनेर जिज्ञासा राख्नेहरु पाएको छु,' लामाले फेसबुक स्टाटसबाट प्रस्टिकरण दिएका छन्, 'उड्ययन प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार अनिवार्य मापसे जाँच हाम्रो निगमभित्र लागू भइसकेको विधित गराउन चाहन्छु।' 

उनले ट्राफिक प्रहरीले मापसे परीक्षण गर्दा सवारी साधनको दुर्घटना घटाएको उल्लेख गर्दै उक्त नीति कार्यान्वयनको सफलता सबैले पाइरहेको उल्लेख गरेका छन्। 'संवेदनशील काममा संवेदनशील सोचको सधैं खाँचो हुन्छ। हामी सदैव यही सोचमा हुने गर्छौं,' कलाकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेका लामाले लेखेका छन्, 'हवाइ सुरक्षा हाम्रो पहिलो दायित्व अनि पहिलो प्राथमिकता।'

उनले पोस्ट गरेका फोटोहरु:




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell