PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बंगलादेश क्रिकेट टिममका कप्तान मोर्तजा बने सांसद



पहिलोपोस्ट

बंगलादेश क्रिकेट टिममका कप्तान मोर्तजा बने सांसद

बंगलादेश राष्ट्रिय ओडिआई टिमका कप्तान मोसराफे मोर्तजा बंगलादेशका सांसद बनेका छन्।

नाराएल-२ बाट उम्मेदवार बनेका उनले आफ्नो प्रतिस्पर्धीलाई २ लाख भन्दान बढी मत अन्तरले पछि पार्दै सांसदमा निर्वाचित भएका हुन्।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पार्टी अवानी लिगबाट चुनाव जितेका मोर्तजा संसदको सदस्य बन्ने खेलिरहेका क्रिकेटर मध्ये पहिलो बनेका छन्।

उनले दुई लाख ७१ हजार भोटले ल्याएका थिए भने उनको विपक्षी जातीय ओइक्यो फ्रन्ट गठबन्धनका उम्मेद्वार फरिदुज्जमा फरहादले जम्मा सात हजार ८८३ मत प्राप्त गरे।

वेष्ट इण्डिजविरुद्ध यसै महिनाको सुरुमा भएको खेलअघि उनले चुनाव लड्ने घोषणा गरेको थिए। मोर्तजाले स २०१९ मा इंग्ल्याण्डमा हुने विश्वकपपछि सन्यास लिने घोषणा समेत गरेका थिए।

३५ वर्षीय मोर्तजा नइमुर रहेमानपछि सांसद बन्ने पहिलो बंगलादेशी क्रिकेट कप्तान समेत बनेका छन्।

सन् २००९ यता टेष्ट क्रिकेट नखेलेका मोर्तजाले टी-२० इन्टरनेशनल क्रिकेटबाट भने सन्यास लिइसकेका छन्।

उनले बंगलादेशका लागि ३६ टेष्ट क्रिकेट खेल्दै ७८ विकेट लिएका छन्। यसैगरी २०२ ओडिआई खेल्दै २२८ रन लिएका छन्। यस्तै ५४ टी-२० इन्टरनेशनलमा ४२ विकेट लिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell