PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कटुवा पेस्तोलसहित कपुरधाराबाट एक युवक पक्राउ, प्रारम्भिक अनुसन्धान भन्छ : हतियारका कारोबारी



पहिलोपोस्ट

कटुवा पेस्तोलसहित कपुरधाराबाट एक युवक पक्राउ, प्रारम्भिक अनुसन्धान भन्छ : हतियारका कारोबारी

काठमाडौं : अवैध हातहतियारको कारोबार गर्ने एक जनलाई प्रहरीले कटुवा पेस्तोल सहित पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार कालिकोट रासकोट नगरपालिका २ घर भएका २० वर्षीय भोजबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा कपुरधाराबाट उनलाई पक्राउ गरेको हो। खड्काको लैनचौरस्थित डेरामा लुकाइराखेको अवस्था पेस्तोल फेला परेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

खड्का हतियारको कारोबारी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शनिवार राति चिनियाँ पेस्तोलसहित तीन जना लुटेरालाई नियन्त्रणमा लिएको थियो। काठमाडौंमा भारतीय नाका हुँदै साना हतियार भित्रिने गरेको प्रहरीले जनाएको छ। परिसरका एसएसपी वसन्त लामा भारती सीमा नाका रक्सौल, सुनौली नाकाबाट हतियार भित्रिने गरेको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell