PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सन्तोष पन्तको अभिनय कपी गर्थे रबिन्द्र झा



पहिलोपोस्ट

सन्तोष पन्तको अभिनय कपी गर्थे रबिन्द्र झा

काठमाडौं : जनकपुरका रबिन्द्र झा सानैदेखि कलाकार सन्तोष पन्तका फ्यान। स्कुले जीवनमा नाटकमा सक्रिय रहँदा उनी सन्तोष पन्तको 'हिजो आजका कुरा' खुबै हेर्थे। उनी सन्तोषलाई कपी गरेर अभिनय पनि गर्थे। सन्तोषसँग एकपटक काम गर्ने धोको थियो उनको।

अहिले रबिन्द्रले त्यो मौका पाएका छन्। फिल्म 'चौका दाउ'मा उनले सन्तोषसँगै अभिनय गरेका छन्। 'सन्तोष पन्त दाईसँग हिजो आजका कुरामा अभिनय गर्न साह्रै रहर थियो, तर त्यो कार्यक्रम बन्द भयो। चलचित्र चौका दाउमा उहाँसँग काम गरेर हिलो आजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ' उनले भने।  

सुरुवातमा उनलाई सन्तोषसँग अभिनय गर्न गाह्रो पनि भएको थियो। पछि उनलाई सहज हुँदै गयो। फिल्ममा रबिन्द्र र सन्तोषसँगै वर्षा राउत, विल्सन बिक्रम राईलगायतको अभिनय छ।

फिल्म पुष २७ गतेदेखि प्रदर्शनमा आउँनेछ। फिल्मलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन्। फिल्म हास्यप्रधान विधामा बनेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell