PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

रक्सीको नशामा बाबुछोरा र काका मिलेर गरे ७३ वर्षीय दिलबहादुरको हत्या



पहिलोपोस्ट

रक्सीको नशामा बाबुछोरा र काका मिलेर गरे ७३ वर्षीय दिलबहादुरको हत्या

काठमाडौँ: पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ देउपुर घर भएका ७३ वर्षीय वृद्ध दिलबहादुर सार्कीको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० बस्ने ३१ वर्षीय बुद्धिमान कार्की, ६० वर्षीय निमबहादुर सार्की र ७२ वर्षीय लालसिंह सार्कीलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालयका निरीक्षक गणेश सुवेदीले जानकारी दिए। गत शनिवार अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० खुम्व्रुखु स्थित मोदी खोलामा दिलबहादुरको शव फेला परेको थियो। प्रहरीले नियन्त्रणमा लिएका तीन जना बाबुछोरा र लाससिंह भने काका हुन्।

पुस ८ गते राखी उनीहरूले सँगै बसेर मदिरा सेवन गरेको र विवाद भएपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। दिलबहादुरले रक्सी खाएपछि अपशब्द बोलेपछि तीन जनाले कुटपिट गरेको र मृत्य भएपछि खोलामा फ्याँलेको प्रहरीमा बयान दिएका छन्। 'रक्सीको नशामा झगडा भएपछि कुटपिट गरेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,‘ निरीक्षक सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell