PahiloPost

Jun 24, 2026 | १० असार २०८३

टिकटकमा चल्यो 'म त पिरिममा'



पहिलोपोस्ट

टिकटकमा चल्यो 'म त पिरिममा'

काठमाडौं : फिल्म 'गरुड पुराण'को गीत यतिखेर चर्चामा छ। 'म त पिरिममा'बोलको गीतलाई टिकटकमा रुचाइएको छ। निर्देशक सुवास कोईरालाका अनुसार यो गीतमा ४५ हजार पटक टिकटक भिडियो निर्माण गरिएको छ।

३५ लाख पटक गीतलाई टिकटकमा हेरिएको उनको दावी छ।  निर्माण टिमले यसअघि युट्युब मार्फत गीत सार्वजनिक गरेका थिए। फिल्म भने आगामी माघ ४ गतेदेखि प्रदर्शनमा आउँनेछ। टिमले पछिल्लो समय गीतको कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेका थिए।

फिल्मको ट्रेलर पनि सार्वजनिक भइसकेको छ।गीतको भिडियोमा अभिनेता निर्देशक निश्चल बस्नेतसँगै कर्मा शाक्य, नव नायिका प्रियंका सिंह ठकुरी र अन्जली योञ्जन फिचर्ड छन्।

दिनेश राउतको शब्द, कोसिस क्षत्रीको संगीत रहेको गीतमा कोसिस र मनिषा पोखरेलको स्वर र रेनाशा वान्तवा राईको कोरियोग्राफी छ।फिल्ममा सुसन प्रजापतिको छायाँकन र उज्ज्वल ढकालको सम्पादन छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell