PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

विभागीय डर्बीमा भिड्दै पुलिस र एपीएफ



पहिलोपोस्ट

विभागीय डर्बीमा भिड्दै पुलिस र एपीएफ

काठमाडौँ : शहिद स्मारक ए डिभिजन लिग २०७५ को उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितिसकेको छ। अब अन्य क्लबहरु सकेसम्म अंक तालिकामा माथि रहेर लिग टुङ्गाउने अभियानमा छन्।

मनाङले २ खेल अगावै लिगको उपाधि पक्का गरिसकेकोले त्यसपछिका खेलहरु रोमाञ्चकता प्रदान गर्न नसकेपनि केही खेलले भने विशेष महत्व राख्ने गर्छ। त्यसैमध्येको एक हो डिपार्टमेन्टल डर्बी।

ए डिभिजन लिगमा नेपालको तीन डिपार्टमेन्टल टिम छन्। यस्तोमा सबैले आफूलाई डिपार्टमेन्टल टिममध्ये बलियो देखाउन प्रायस गर्छन्।

यस सिजन लिगमा दुई डिपार्टमेन्टल डर्बी खेल भइसकेको छ र आज अन्तिम डिपार्टमेन्टल डर्बी खेल हुँदैछ नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफबीच।

यसअघि अर्को टिम त्रिभुवन बर्मीले दुवै क्लबसँग खेलिसकेको छ। आर्मीले पुलिसलाई पराजित गर्दा एपीएफसँग हार बेहवरेको थियो। पुलिस सामु यस डर्बी खेलमा जित हात पार्ने अवसर छ भने एपीएफ पुलिसलाई पराजित गर्दै आफू डिपार्टमेन्टल टिममध्ये बलियो भएको प्रमाणित गर्ने अवसर छ।

अर्को संयोग के छ भने एपीएफले हलचोकस्थित आफ्नै मैदानमा पुलिससँग खेल्दैछ। खेल आज दिउँसो साढे २ बजे सुरु हुनेछ। यसभन्दा अघिल्लो चरणको खेलमा पुलिसले परिचरित प्रतिद्वन्दी थ्री स्टारमाथि पुनरागमन जित हात पारेको थियो। उता एपीएफले भने च्यासल युथ क्लबसँग बराबरी खेलेको थियो।

१४ कलबले प्रतिस्पर्धा गरिरहेको लिगको अंकतालिकामा पुलिस एपीएफ भन्दा एक अंकले अगाडी छ। ११ खेलबाट पुलिसको १८ र एपीएफको १७ अंक छ भने क्रमश: पाँचौ र सातौँ स्थानमा छन्। एपीएफ समान अंक जोडेको हिमालयन शेर्पा गोल अन्तरमा एपीएफभन्दा अगाडी रहँदै छैटौँमा छ। १२ खेल खेलिसकेको आर्मी भने २२ अंकसहित चौथो स्थानमा छ।

आजै दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा सरस्वती युथ क्लब र च्यासल युथ क्लब भिड्दैछन्। च्यासल १५ अंकसहित आठौ र सरस्वती १० अंकसहित १०औँ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell