PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

अङ्ग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश : अर्को नयाँ वर्षको सँघारमा पुग्दा जनताको जीवन सुखी र देश समृद्ध 



पहिलोपोस्ट

अङ्ग्रेजी नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना सन्देश : अर्को नयाँ वर्षको सँघारमा पुग्दा जनताको जीवन सुखी र देश समृद्ध 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को नयाँ वर्षको संघारमा समृद्धिको अभियान सार्थक विन्दुमा पुग्ने बताएका छन्। 

प्रधानमन्त्री ओलीले अङ्ग्रेजी नयाँ वर्ष २०१९ को शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्। ‘अव्यवस्था र अनिश्चयको वर्ष लामो अभ्यासबाट पछौटे अवस्थामा रहेको मुलुकलाई विकास र समृद्धिमा लैजानु अवश्य पनि सजिलो काम होइन। तर, हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाई पुग्नेछन् भन्ने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री ओलीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘अर्को नयाँ वर्षको सँघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्नेछ।’ 

प्रधानमन्त्री ओलीले बिदा भएको २०१८, नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रूपमा रहेको बताएका छन्। ‘जननिर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भइ बितेको वर्ष राजनीतिक संक्रमणकालको अन्त्य भयो,’ उनले अगाडि भनेका छन्, ‘सङ्क्रमणकालीन संशयहरूलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्प सहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौँ।’ 

उनले २०१८ नयाँ संविधानको कार्यान्वयन गरी संक्रमणकालको अन्त्य वर्ष बनेको भन्दै अगाडि भनेका छन्, ‘राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिंगै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो।’ 

उनले निर्वाचनमार्फत प्रकट जनचाहनालाई सिरमा राख्दै जनताको अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने पटक पटक सङ्कल्प गरेको भन्दै सरकारको यस अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ अपेक्षासमेत राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell