PahiloPost

Jun 24, 2026 | १० असार २०८३

गोंगबुको बिजी मल अगाडि पकेटमार पक्राउ



पहिलोपोस्ट

गोंगबुको बिजी मल अगाडि पकेटमार पक्राउ

काठमाडौ : प्रहरीले पकेटमार युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी महारागञ्ज वृत्तको टोलीले सोमवार दिउँसो नगद सहित नियन्त्रणमा लिएको हो। नुवाकोट ककनी गाउँपालिका ७ घर भई काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विष्णु लामालाई पक्राउ गरेको हो। लामाको साथबाट २६ हजार रुपैयाँ समेत बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा पकेटमार नियन्त्रण गर्ने ५० जनाको  विशेष टोलीले परिचालन गरेको छ। गत पुस ४ गते मात्र प्रहरीले ७७ जना पकेटमार पक्राउ गरी सार्वजनिक गरेको थियो। त्यसपछि पनि २० जनाभन्दा बढी पकेटमारलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी वसन्त लामाले जनाकारी दिएका छन्। एसएसपी लामाले भने,'हामीले विशेष अप्रेसन सञ्चालन गरेका छौ। अन्य पकेटमारको पनि खोजी गरिरहेका छौँ।‘

यात्रुको भिडभाड हुने समयमा पकेटमार चोरी गर्ने गरेको प्रहरीको भनाइ रहेको छ। पाकेटमारहरुले सार्वजनिक सवारी समूह बनाएर कोड ल्याङग्वेज प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

पकेटमारले पैसालाई द, मोबाइललाई कान,  पकेटमार पीडितलाई रामे, पैसा धेरै छ भन्नलाई टानको द पैसा, पैसा थोरै छ भने जुटको द, गाडीलाई काँचा भन्ने गरेको खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell