PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

आयो 'गोपी'को अर्को गीत



पहिलोपोस्ट

आयो 'गोपी'को अर्को गीत

काठमाडौं : 'गोपी' टिम अहिले फिल्मको प्रचारमा व्यस्त छ। माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको एक गीत सार्वजनिक भयो।

'तेरो आफ्नो' बोलको गीतमा शिव परियारको स्वर छ। विप्लव प्रतीकको शब्द तथा कल्याण सिंहको संगीत रहेको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की फिचर्ड छन्।

दिपेन्द्र लामाले फिल्मलाई निर्देशन गरेका हुन्। यसअघि 'घामपानी' निर्देशन गरेका दिपेन्द्रको यो दोस्रो फिल्म हो। गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्।

सामीप्यराज तिमल्सिनाको पटकथामा बनेको फिल्ममा विपिनसँगै वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारीलगायतको अभिनय छ। फिल्ममा शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell