
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देश जारी गर्दै आणविक निशस्त्रीकरणमा प्रतिबद्धता जाहेर गरेका छन्। यद्यपि, उनले आफ्नो देश माथि अमेरिकाले लगाएको नाकाबन्दी नहटाए आणविक हतियार कार्यक्रमलाई अगाडि बढाउने चेतावनीसमेत दिएका छन्।
‘स्थायी शान्ति र कोरियाली प्रायद्वीपकमा आणविक निशस्त्रीकरण मेरो दृढ इच्छा हो,’ नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै उनले भनेका छन्। आफ्नो कार्यालयबाट उनले गरेको सम्बोधनमा उत्तर कोरियामाथि दबाब छ। तर, अर्को तिरबाट अमेरिकाले पनि आफूले गरेको सहमति कार्यान्वयन आवश्यक छ।
‘यदि अमेरिकाले सम्पूर्ण विश्व सामु गरेको आफ्नो प्रतिबद्धता पूरा गरेन भने हामीले पनि आफ्नो सार्वभौमिकता रक्षा गर्नका लागि नयाँ सुरक्षित बाटोमा हिँड्न बाध्य हुनेछौँ,’ उनले भनेका छन्।
गत वर्ष जुन महिनामा सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि दुई देशले आणविक निशस्त्रीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। तर, दुवै देशले सिंगापुर सम्झौतालाई अर्थपूर्ण कार्यान्वयनमा लैजान मानिरहेका छैनन्। उनीहरुबीचको संवाद पनि पछिल्लो समय अगाडि बढ्न सकेको छैन।
निशस्त्रीकरण सम्बन्धी सम्झौतालाई कार्यान्वयनमा लैजानका लागि उत्तर कोरियालाई आफ्ना सबै आणविक तथा मिसाइल सम्बन्धी जानकारी गराउन वासिङटनले गरेको आग्रको रूपमा लिइएको छ।
उत्तर कोरियाले आफ्नो आणविक हतियार परीक्षण केन्द्र बन्द गरेर सिंगापुर सम्झौतालाई कार्यान्वयनमा आफ्नो इमान्दारिता देखाएको बताउँदै आएको छ। उत्तर कोरियाले आफ्नो आणविक हतियार परिक्षर केन्द्र, तथा सोहाइको लामो दुरी मिसाइल केन्द्र परीक्षण केन्द्र बन्द गराएको छ। उसले अमेरिकाले पनि सम्झौता कार्यान्वयनमा इमान्दारिता देखाउनु पर्ने जनाएको छ।
उनले अमेरिकालाई नाकाबन्दी गर्ने ‘ग्यांस्टर’को रूपमा रहेको जनाएको छ भने अमेरिकाले उत्तर कोरियाको पूर्ण निःशस्त्रीकरण पछि मात्र नाकाबन्दी खोल्ने बताएको छ।
किमले आफ्नो सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग पुनः भेट्न चाहेको बताएका छन्। ‘अब बल ट्रम्पको कोर्टमा छ,’ किमले भनेका छन्।
किमले अमेरिकी नाकाबन्दी नखुले बन्द भएको अन्तर कोरियाली औद्योगिक पार्क खोल्नेसमेत चेतावनी दिएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।
‘म अमेरिकी राष्ट्रपतिसँग संवादका जुनसुकै समय जुनसुकै स्थाथनमा भेट गर्न तयार छु,’ उनले भनेका छन्, ‘यदि अमेरिकाले हाम्रो सक्रियतालाई सकारात्मक रूपमा लिन्छ भने हाम्रो सम्बन्ध थप उचाइमा पुग्ने छ। यसले संवादलाई सकारात्मक रूपमा अगाडि बढाउने छ।’
किमले १९५०–५३ को कोरियाली युद्ध अन्त्यका लागि पहल गर्ने सम्पूर्ण देशहरू तथा अन्तर्राष्ट्रिय निकायलाई सक्रिय सहभागिताका लागि आग्रहसमेत गरेका छन्। उनले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासलाई यस क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना गर्ने प्रमुख स्रोत भन्दै पूर्ण रूपमा बन्द गर्नसमेत माग गरेका छन्।
हामी हाम्रा जनताको मेलमिलाप, एकतालाई तोड्ने विदेशी हस्तक्षेपलाई कदापि स्वीकार गर्दैनौँ,’ उनले भनेका छन्।