PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पूर्वराज्यमन्त्री शर्माप्रति शोक प्रस्ताव पारित



पहिलोपोस्ट

पूर्वराज्यमन्त्री शर्माप्रति शोक प्रस्ताव पारित
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा पूर्वसांसद एवं पूर्व वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनमा शोक प्रस्ताव पारित गरिएको छ। 

आजको प्रतिनिधि सभाको पहिलो बैठकपछि १० मिनेटका लागि स्थगित गरिएको थियो।

२०७० सालको संविधान सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपतिक तर्फ निर्वाचित शर्माको सोमबार मेडिसिटी हस्पिटलमा निधन भएको थियो। 

प्रतिनिधि सभाको अर्को बैठक १९ गते विहीबार दिउँसो १२ बजे बस्ने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell