PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बीबीएलमा सन्दीप : लगातार चौथो खेलमा विकेट, चार फरक कप्तानलाई गरे आउट



पहिलोपोस्ट

बीबीएलमा सन्दीप : लगातार चौथो खेलमा विकेट, चार फरक कप्तानलाई गरे आउट

काठमाडौं : बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न जानुअघि अष्ट्रेलियाको बिग बास लिगमा सन्दीपले मेलवर्न रेनेगाड्स विरुद्ध १ विकेट लिएका छन्। मेलवर्न डर्बीमा रेनेगाड्स विरुद्ध महँगा बनेका स्टार्सका सन्दीपले एक विकेट मात्र लिएका हुन्।

यसअघि तीन खेलबाट ७ विकेट लिइसकेको सन्दीपको विकेट संख्या ८ पुगेको छ।

रेनेगाड्स विरुद्ध सन्दीपले ४ ओभरमा ३१ रन खर्चिए। तर, उनले यसअघि खेलेका टिमको कप्तानको विकेट लिने श्रृंखलालाई भने कायम राखे। सन्दीपले रेनेगाड्सका कप्तान टम कुपरलाई बोल्ड गरे।

सन्दीपले लगातार चार खेल खेल्दा चार फरक कप्तानलाई आउट गरे। उनले सिड्नी थण्डरका कप्तान शेन वाट्सन, होबार्ट हुरिकेनका कप्तान म्याथ्यु वेड र सिड्नी सिक्सर्सका कप्तान मोइसिस अनरिकेको विकेट लिइसकेका छन्।

सन्दीपले रेनेगाड्स विरुद्ध २४ बल फाल्दा ७ बल डट राख्न सफल भए। तर, विपक्षीले ४ चौका प्रहार गर्दा उनी महँगा सावित भए।

बीबीएलमा चार खेल खेलेपछि सन्दीप भोलि नै बीपीएल खेल्न बंगलादेश जानेछन्। सन्दीपको डेविड वार्नरले कप्तानी गर्ने सिलेट सिक्सर्सबाट खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell