काठमाडौं : १७ वर्षअघि साथीको हत्या गरी फरार भएका एक जनलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)को टोलीले गत आइतबार काभ्रेपलाञ्चोक साबिक खनालथोक गाउँ विकास समिति ३ घर भएका जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो।
२०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका ३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। हत्यापछि श्रेष्ठ फरार थिए।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।