PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

भोलि बिहान प्रधान न्यायाधीशको सपथ लिँदै प्रस्तावित प्रधान न्यायाधीश जबरा



पहिलोपोस्ट

भोलि बिहान प्रधान न्यायाधीशको सपथ लिँदै प्रस्तावित प्रधान न्यायाधीश जबरा

काठमाडौं : संसदीय सुनुवाई समितिबाट सर्वसम्मत् 'पास' भएका प्रस्तावित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलि सपथ ग्रहण गर्न भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिँदै गरेका जबराले आज बिहान संसदीय सुनुवाई समितिमा जवाफ दिएका थिए।

यसअघि बसेको सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना पेश गरेका उनले आज उनीमाथि उठेका प्रश्नहरुको एकएक गरी जवाफ दिएका हुन्। आफ्नो कार्ययोजनामा उनले अदालतलाई गैससमुक्त बनाउने दावी गरेका छन्। 

भोलि बिहान १०:१५ बजे उनको सपथ ग्रहण हुनेछ। मुलुकका लागि २८ औं प्रधान न्यायाधीशका बन्दै गरेका जबराका कतिपय मुद्दा विवादित थिए। म्यारिज खेललाई बौद्धिक खेल भएको भन्दै जुवा नभएको ठहर्‍याउनेदे्खि विशेष अदालतमा रहँदा पूर्व संचारमन्त्री जयप्रकाश गुप्तको पक्षमा फैसालाजस्ता प्रकरणले उनलाई चर्चित बनाइरह्यो।

उनीमाथि ब्ल्याकमेलिङका विषयमा पनि प्रश्न उठेको थियो। कानुन व्यवसायीका हैसियतले मात्र आफूले बहस गरेको बताउँदै उनले समितिमा भनेका थिए, 'यो केसमा बारम्बार मलाई मुछिँदै आएको छ। मिडियामा आएजस्तो म रिट निवेदक होइन, कानुन व्यवसायिका रुपमा मात्र मैले बहस गरेको हुँ।' 

प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो प्रकरणमा पनि उनले आफूले गरेको न्याय सम्पादनको प्रतिरक्षा गरेका छन्। 'प्रेरणा राज्यलक्ष्मी शाहलाई नयाँ कानुन ल्याइनुअघि नै दाइजोमा दिइएकाले यस्तो फैसला गरेको हुँ,' उनले भने। 

पूर्व संचार मन्त्री जयप्रकाश गुप्ताको मुद्दाको विषयमा पनि उनले अदालतको व्याख्याका कारण फरक फैसला बुझिएको तर्क गरे। 'जेपी गुप्ताको केसमा म विशेष अदालतमा तेस्रो न्यायाधीश थिएँ। उनको पारिवारिक र जग्गा मिलाउँदा आम्दानीको स्रोत देखिएको थियो,' जबराले जवाफ दिँदै भने, 'पछि सर्वोच्चमा फैसला हुँदा उनको व्यक्तिगत आम्दानीमात्र हेरिएकाले फैसला बाझिएको देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell