PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सन्दीप लामिछानेको थर कसरी उच्चारण गर्ने भनेर सिकाए पारसले



पहिलोपोस्ट

सन्दीप लामिछानेको थर कसरी उच्चारण गर्ने भनेर सिकाए पारसले

काठमाडौँ : सन् २०१४ मा बंगलादेशमा आइसीसी टी-२० वर्ल्डकप हुँदा नेपालले पहिलो पटक वर्ल्ड कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त वर्ल्ड कपमा नेपाली खेलाडीहरुले विकेट लिँदा रन हान्दा कमेन्टेटरहरुले नेपाली खेलाडीहरुको नाम उच्चारण गर्दा अर्कै किसिमले गरेका थिए।

श्याकी गुचन, ज्ञानेन्द्र माल्ला जस्ता नाम उच्चारण भएको थियो।

अहिले नेपाली क्रिकेटको नयाँ पोस्टर ब्वाइ तथा युवा लेगस्पीनर सन्दीप लामिछाने विश्वभर चर्चित छन्। विभिन्न फ्रेन्चाइज लिगमा खेल्दा कमेन्टेटरहरुले उनको प्रशंसा गर्दै नाम लिन्छन्। सन्दीप मात्र उच्चारण गर्न सजिलो भएपनि उनको थर उच्चारण गर्दा विदेशीले अर्कै भन्छन्। केहीले लमिछने भन्छन् भने केहीले लामिछान समेत भन्छन्।

भारतको आइपीएल लगायत अन्य आधा दर्जन लिगमा खेलिसकेका सन्दीप हाल अष्ट्रेलियामा बिग बास लिग (बीबीएल) सिजन ८ खेलिरहेका छन्।

मेलवर्न स्टार्सका लागि ४ खेल खेलेर ८ विकेट लिइकसेका सन्दीप अष्ट्रेलियामा समेत चर्चित भइसकेका छन्।

कमेन्ट्री गर्न बसेका क्रिकेटका हस्तीहरु समेत उनको प्रशंसामा शब्द खर्च गर्न कन्जुसाईँ गर्दैनन्।

मंगलवार मेलवर्न डर्बी हुँदा सन्दीपको खेल हेर्न नेपालका कप्तान पारस खड्का पनि पुगेका थिए।

सन्दीपले आफ्नो कोटाको अन्तिम ओभर बलिङ गर्दा बाउन्ड्री नजिकै पारसको अन्तर्वाता भइरहेको थियो। जहाँ पारसले सन्दीपलाई भेटेको देखि क्याम्पमा परेको र अहिलेको उनको प्रदर्शनको बारेमा जानकारी गराइरहेका थिए। त्यति नै बेला पारसलाई सन्दीपको थरको उच्चारण गर्न भनियो र उनले 'सन्दीप लामिछाने' भनेर सुनाइदिए। नेपालीको लागि लामिछाने भन्न सजिलो भएपनि विदेशीहरुको लागि केही कठिन भएकोले हुन सक्छ, पासरले उच्चारण गर्न सिकाउनुपरेको।

त्यसपछि पारसले नेपालले जनवरी अन्तिममा युएई भ्रमण गर्ने र युएईसँग ओडिआई र टी-२० इन्टरनेशनल सिरिज खेल्ने बारे जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell