PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

यी ५ फिल्म जुन २०१८ मा बलिउडमा सर्वाधिक चर्चित रहे



पहिलोपोस्ट

यी ५ फिल्म जुन २०१८ मा बलिउडमा सर्वाधिक चर्चित रहे

संख्याको आधारमा सबैभन्दा धेरै फिल्म उत्पादन हुने मनोरंजन उद्योग हो बलिउड। बजार निर्देशित र कला नियन्त्रित दुवैखाले फिल्म यो उद्योगको विशेषता हो। सन् २०१८ मा यहाँ धेरै फिल्म बने। तीमध्ये केही बढी नै चर्चित रहे।

'बधाई हो'

यो समीक्षकले रुचाइको पछिल्लो बलिउड फिल्म हो। फिल्ममा आयुषमान खुरानाको मुख्य अभिनय छ। अमित शर्मा निर्देशित फिल्मले बुढेसकालमा अभिभवाकले बच्चा जन्माउँदा छोराछोरीमा पर्ने प्रभावलाई देखाउन खोजिएको छ। फिल्ममा आयुषमानसँगै नीना गुप्ताको अभिनय छ। फिल्म अक्टोबर १८ मा प्रदर्शनमा आएको थियो। बलिउड बक्स अफिसमा फिल्मले २२० करोड भारतीय रपैँयाको व्यापार गरेको थियो।

'तुम्बाड'

टाइम्स अफ इन्डियाले तयार पारेको २०१८ का शिर्ष पाँचमा यो फिल्म परेको छ। हरर विधामा बनेको फिल्म अगस्ट ३० देखि प्रदर्शनमा आएको थियो। रहि अनिल भार्वे, आनन्द गान्धी र अदेश प्रसाद फिल्मका निर्देशक हुन्। फिल्ममा सोहम शाह र मोहम्मद समदको अभिनय छ।

'अन्धाधुन'

आयुषमान खुराना कै अर्को फिल्म हो 'अन्धाधुन' हो। फिल्ममा आयुषमानसँगै तब्बू र राधिका आप्तेको मुख्य अभिनय छ। फिल्मलाई श्रीराम राघवनले निर्देशन गरेका हुन्। फिल्मले एक आँखा नदेख्ने युवाको कथा बोल्छ। अक्टोबर ५ मा प्रदर्शनमा आएको फिल्मले भारतीय १ अर्ब १० करोडको व्यापार गरेको थियो।

'मनमर्जियां'

अनुराग काश्यप निर्देशित फिल्म हो मनमर्जियां। सेपटेम्बर १४ तारिखदेखि प्रदर्शनमा आएको फिल्ममा ताप्सी पन्नू, अभिषेक बच्चन र विक्की कौशलको मुख्य अभिनय छ। फिल्ममा त्रिकोणात्मक प्रेमको कथा देखाइएको छ।

'सञ्जु'

जुन २८ मा यो फिल्म प्रदर्शनमा आएको थियो। यो अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म हो।

फिल्ममा रणवीर कपूरसँगै अभिनेत्री मनिषा कोइराला, अनुश्का शर्मा, दिया मिर्जालगायतको अभिनय छ। राजकुमारी हिरानी निर्देशित फिल्मले रणवीरको करियर कै राम्रो फिल्म रहेको बलिउड कलाकारले बताएका छन्। भारतको बक्स अफिसमा फिल्मले ५८६ करोड बढीको व्यापार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell