PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बिग बासमा चार खेल खेल्दै ८ विकेट लिएका सन्दीप बीपीएल खेल्न बंगलादेशतर्फ



पहिलोपोस्ट

बिग बासमा चार खेल खेल्दै ८ विकेट लिएका सन्दीप बीपीएल खेल्न बंगलादेशतर्फ

काठमाडौँ : अष्ट्रेलियन बिग बास लिगमा डेब्यु सिजनमै तहल्का मच्चाएका नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने बंगलादेशतर्फ लागेका छन्।

बिग बासलिग (बीबीएल) मा सुरुको चार खेलेपछि बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न सन्दीप बुधवार बिहानै अष्ट्रेलियाबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
 

उनले मंगलवार खेलेको मेलवर्न डर्बीमा स्टार्सका लागि १ विकेट लिएका थिए। उक्त खेलमा स्टार्सले रेनेगाड्सलाई ७ विकेटले पराजित गरेको थियो।

बीबीएलको पहिलो सिजनमै शानदार प्रदर्शन गर्ने क्रममा सन्दीपले सुरुको ४ खेलमा ८ विकेट लिइकसकेका छन्। उनले सिड्नी थण्डर विरुद्धको डेब्यु म्याचमा २ विकेट लिएका थिए भने चार खेलमा चार वटै टिमको कप्तानलाई आउट गरेका थिए।

सन्दीपले बीपीएलमा डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्सबाट खेल्नेछन्। उनको टिमको पहिलो खेल जनवरी ६ (आउने आइतवार) तमिम इकबालको कप्तानीमा रहेको कमिला भिक्टरियन्ससँग रहेको छ।

बीपीएलकै दौरान नेपालको युएई टुरका लागि सन्दीप उतैबाट युएई जाने सम्भावना रहेको छ। जनवरी २५ देखि फेब्रुअरी ३ सम्म नेपालले युएई विरुद्ध ओडिआई र टी-२० सिरिज खेल्नेछ। दुवै सिरिजमा ३-३ खेल हुनेछ।

बंगलादेश जानुअघि मिडियासँग कुरा गर्दै सन्दीपले आफूले बीबीएलको सबै विकेट लिँदा इन्जोए गरेको बताए। यस्तै उनले जता खेलेपनि नेपाली दर्कशले समर्थन गरेको पनि बताए।
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell