PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रिमियर लिग : टोटनहम दोस्रो स्थानमा उक्लियो, घरेलु मैदानमा आर्सनलको सहज जित



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहम दोस्रो स्थानमा उक्लियो, घरेलु मैदानमा आर्सनलको सहज जित

कार्डिफलाई पराजित गर्दै लण्डन क्लब टोटनहम प्रिमियर लिगको दवस्रो स्थानमा उक्लेको छ। मंगलावर भएको खेलमा कार्डिफलाई उसैको मैदानमा ३-० ले पराजित गरेको टोटनहम म्यानचेष्टर सिटीलाई एक अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो।

जितपछि टोटनहमले २१ खेलबाट ४८ अंक जोडेको छ। एक खेल कम खेलेको सिटीको ४७ अंक छ।

टोटनहमलाई जित दिलाउन ह्यारी केन, क्रिस्टिएन एरिक्सन र सेउन मिन हेउनले एक एक गोल गरे।

यस्तै अर्को लण्डन क्लब आर्सनलले फुलहमलाई घरेलु मैदानमा ४-१ ले पराजित गर्दै चौथो स्थानको चेल्सीसँग अंकदुरी कम गरेको छ। चेल्सीको २० खेलबाट ४३ अंक छ भने २१ खेल खेलेको आर्सनलले ४१ अंक जोडेको छ।

आर्सनलको जितमा ग्रान्ट जाका, एलेक्जान्डर लाकाजाटे, आरोन राम्से र पिएरे एमरिक ओवामेयाङले गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell