PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

हेटौंडा पुग्यो 'चौका दाउ' टिम



पहिलोपोस्ट

हेटौंडा पुग्यो 'चौका दाउ' टिम

काठमाडौं : फिल्म प्रचारका लागि 'चौका दाउ' टिम यतिखेर प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा पुगेको छ। मंगलबार त्यहाँका पत्रकार र दर्शकबीच टिमले साक्षात्कार कार्यक्रम गर्‍यो। 

कार्यक्रममा निर्देशक पूर्णेन्दु झाले फिल्म कमेडी विधामा बनेको जनाए। हालै सार्वजनिक गरेको ट्रेलरबाट पनि सकरात्मक प्रतिक्रिया पाएको उनी बताउँछन्। अभिनेत्री वर्षा राउतले फिल्ममा पुराना कलाकारसँग काम गर्न पाउँदा खुशी व्यक्त गरिन्।

फिल्मका अर्का प्रमुख कलाकार सन्तोष पन्तले आफू पहिलोपटक फिल्म प्रचारका लागि मोफसल पुगेको बताए। फिल्म आगामी पुस २७ गतेदेखि प्रर्दशनमा आउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell