PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जबराले प्रधानन्यायाधीशको शपथ लिए



पहिलोपोस्ट

जबराले प्रधानन्यायाधीशको शपथ लिए

काठमाडौँ : प्रधान न्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट  शपथ लिएका हुन्।

संसदीय सुनुवाइ समितिले मंगलबार जबरालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको थियो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीश लगायतको उपस्थिति थियो।

आजै बिहान नै जबराले पदबहाली गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell