PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

फिल्ममा बन्न नसकेको आकाश र वर्षाको जोडी म्यूजिक भिडियोमा



पहिलोपोस्ट

फिल्ममा बन्न नसकेको आकाश र वर्षाको जोडी म्यूजिक भिडियोमा

काठमाडौं : फिल्म निर्देशन गर्नुअघि मिलन चाम्स म्यूजिक भिडियो निर्देशनमा सक्रिय थिए। म्यूजिक भिडियो निर्देशनको अनुभव बटुलेपछि उनी फिल्म निर्देशनमा अघि सरेका हुन्।  

पछिल्लो समय मिलन फिल्म निर्देशनमा नै व्यस्त छन्। हालै उनको निर्देशनमा फिल्म 'बीर बिक्रम २'को छायाँकन सकियो। उनको निर्देशनमा फिल्म 'बोबी २' पनि निर्माण हुने घोषणा भइसकेको छ। उता अनमोल केसीको अभिनय रहने 'ब्याचलर बन्टी'लाई उनले नै निर्देशन गर्दैछन्। 

हालै उनले म्यूजिक भिडियोमा पनि समय दिएका छन्। उनले वर्षा सिवाकोटी र आकाश अधिकारीलाई जोडी बनाएर 'सानु माया'बोलको म्यूजिक भिडियो निर्देशन गरेका छन्। यसअघि 'बीर बिक्रम २' मा आकाश र वर्षाले स्क्रिन सेयर गर्ने कुरा थियो। पछि, आकाशले फिल्म छोडेपछि पल वर्षाको अपोजिटमा अभिनय गर्न तयार भएका थिए। 

आकाश र वर्षा यसै गीतको भिडियोमा भने एकसाथ देखिएका छन्।  फिल्ममा सक्रिय रहेका कोरियोग्राफर कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका छन्। प्रेमकृष्ण बजगाईंको शब्द तथा शिला बहादुर मोक्तानको संगीत रहेको गीतलाई पूर्ण लिम्बू र मेलिना राईले गाएका हुन्। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell