PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

खाजा खाइरहेको बेला १० लाख रुपैयाँ लुटियो



पहिलोपोस्ट

खाजा खाइरहेको बेला १० लाख रुपैयाँ लुटियो

काठमाडौं : सिन्धुपाल्चोकमा एक युवकको १० लाख रुपैयाँ लुटिएको छ। बलेफी गाउँपालिका ५ स्थित चौह्रत्तर किलोमा सुनसरी धरान बराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटिएको हो।

मंलगवार दिउँसो बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट चौहत्तरकिलोमा पुगेर खाजा खाइरहेको अवस्थामा ३ जना अपरिचित व्यक्तिहरूले घिमिरेको पैसा लुटेको प्रहरीले जनाएको छ। उनीहरूले  फलामको रड प्रहार गरी रकम लुटी फरार भएका थिए। घिमिरेको काठमाडौं अनामनगरमा सुन पसल रहेकाले सुन खरीद गर्नका लागि उक्त रकम साथमा लिएर हिँडेको खुल्न आएको छ।

फरार लुटेराहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell