PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक घुस सहित पक्राउ



पहिलोपोस्ट

घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका प्रमुख प्रशिक्षक घुस सहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित दुई जनालाई पक्राउ गरेको छ।

आयोगको टोलीले मङ्गलवार घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख प्रशिक्षक (पाँचौँ तह) सरिफा पन्त र कार्यालयमा बिचौलियाको काम गर्ने खगेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी सेवाग्रहीसँग विभिन्न बहाना बनाइ घुस वापत ५ हजार रुपैयाँ लिएको प्रवक्ता दंगालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell