PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

शुभेच्छा खड्काको फिल्म डेब्यू कस्तो रहला?



पहिलोपोस्ट

शुभेच्छा खड्काको फिल्म डेब्यू कस्तो रहला?

काठमाडौं : शुभेच्छा खड्काको डेब्यू फिल्म हो 'रणवीर'। सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल जितेकी शुभेच्छा फिल्ममा सुशील सिटौलाको अपोजिटमा देखिँदैछिन्। यसबीच उनलाई विभिन्न फिल्महरुको अफर आएको थियो। तर उनले सबै नकारिन्। तर, रणवीरको कथा मन परेपछि उनले फिल्म गर्ने निर्णय गरेकी हुन्।

भनिन् 'मलाई फिल्ममा आउन मन नलागेको होइन। तर, खोजिएको जस्तो फिल्म अफर आएन। मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै मलाई फिल्महरुको अफर आएको थियो। तर मलाइ स्क्रिप्ट चित्त बुझेन। रणवीरको अफर आएपछि स्टोरी सुने, राम्रो लाग्यो र फिल्म गरें।'

शुभेच्छालाई पहिलादेखि नै फिल्ममा रची थियो। लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा शुभेच्छासँगै सुशील सिटौला, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहारीलगायतको अभिनय छ।

फिल्मलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ। फिल्म माघ १८ मा रिलिज हुँदैछ। शुभेच्छाको डेब्यू फिल्म कस्तो रहला? त्यो पछि नै थाह हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell