PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एक किलो ३ सय ग्राम गैंडाको खाग सहित एक जना पक्राउ



एम बम

एक किलो ३ सय ग्राम गैंडाको खाग सहित एक जना पक्राउ

कैलाली : १ किलो २ सय ९० ग्राम गैंडाको खागसहित धनगढीबाट एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका – ५ का ५१ वर्षीय चक्र भण्डारीलाई खाग सहित पक्राउ गरेको हो। 

बाजुराको बुढीगंगा नगरपालिका– ३ स्थायी घर भएका भण्डारीलाई प्रहरीले धनगढी उपमहानगरपालिका– ६ जाँईँबाट हिजो बेलुका पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका ६ का ८२ वर्षीय गगन सिंह रौलेको घरमा लुकाएर राखेको अवस्थामा भण्डारीबाट गैडाको खाग जफत भएको हो।
खाग भारतबाट ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भण्डारी र उनीबाट बरामद गरिएको खाग आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

बरामद गरिएको खागको पिधको गोलाइ ४२.५ सेन्टिमिटर र लाम्चो भाग ३२.४ सेन्टिमिटर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए। 

राष्ट्रिय निकुज्ज तथा वन्यजन्तु ऐन अन्तर्गत भण्डारीलाई ५ लाख देखि १० लाख जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै हुनसक्ने प्रहरी नायव उपरीक्षक वलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell