PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जापान कामदार पठाउने विषयमा कुनै निर्णय भएको छैन : वैदेशिक रोजगार विभाग



पहिलोपोस्ट

जापान कामदार पठाउने विषयमा कुनै निर्णय भएको छैन : वैदेशिक रोजगार विभाग

काठमाडौं : ‍वैदेशिक रोजगार विभागले नेपालबाट जापान कामदार पठाउने विषयमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ। जापानमा कामदार पठाउने निर्णय पारदर्शीरुपमा हुने र त्यसबारे सबैले जानकारी पाउने भन्दै विभागले अहिलेसम्म कुनै निर्णय नभएको जनाएको छ। 

बुधवार विज्ञप्ति जारी गर्दै विभागका निर्देशक भोलानाथ गुरागाईंले विभिन्न संघ संस्थाबाट जापानमा रोजगारीसम्बन्धि सूचना प्रकाशिक गरेको पाइएको भन्दै त्यस्ता गतिविधिलाई गैरकानुनी भनेका छन्। 

'नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भइनसकेको र यस विषयको निर्णयको पारदर्शिता हुने नै हुँदा जापान पठाउने भनि संस्थागत/व्यक्तिगत/कम्पनीबाट गरिएका सबै क्रियाकलाप कानुन विपरीत देखिन आएकाले तत्काल यस्ता गतिविधि नगर्नू नगराउनु हुन सबैमा सूचित गराइन्छ,' विज्ञप्तिमा भनिएको छ। 

विभागले जापानमा रोजगारीसम्बन्धि सूचना प्रकाशन भइरहेको पाइएकाले त्यस्ता सूचनाको पछि नलाग्न पनि भनेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell