PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पेट्रोल २ रुपैयाँ सस्तियो



पहिलोपोस्ट

पेट्रोल २ रुपैयाँ सस्तियो

 

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुई रुपैयाँ घटाएको हो।

अब उपभोक्ताले पेट्रोल लिटरको १ सय ८ रुपैयाँ र डिजल र मट्टितेल ९५ रुपैयाँमा पाउनेछन्। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरिएको बताए। मूल्य समायोजनपछि निगमलाई खाना पकाउने एलपी ग्यास बाहेक अरु पेट्रोलियम पदार्थमा नाफा छ। निगमलाई खाना पकाउने ग्यासमा भने सिलिण्डरमा ८० रुपैयाँ घाटा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell