PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, म्यानचेष्टर युनाइटेडको जित यात्रा कायम



पहिलोपोस्ट

प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, म्यानचेष्टर युनाइटेडको जित यात्रा कायम

प्रिमियर लिग अन्तर्ग गएराती भएको खेलमा चौथो स्थानको चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ। यस्तै म्यानचेष्टर युनाइटेडले भने केयरटेकर म्यानेजरको प्रशिक्षणमा लगातार चार खेल जित्ने क्रममा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ।

चेल्सी घरेलु मैदानमै साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानको टोटनहम र तेस्रो स्थानको म्यानचेष्टर सिटीसँग अंकदुरी कम पार्ने मौका गुमायो।

२१ खेलबाट ४४ अंकसहित चेल्सी चौथो स्थानमै यथावत छ। टोटनहमको समान खेलबाट ४८ अंक हुँदा एक खेल कम खलेको सिटीले ४७ अंक जोडेको छ।

उता रोमेलु लुकाकु र मार्कुस रासफोर्डले गोल गरेपछि ओले गनर सोल्सायरले ओल्ड ट्राफोर्ड क्लबका लागि लगातार चौथो जित हात पारेका छन्। दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो। लुकाकुले ६४औ र रासपवर्डले ८० औँ मिनेटमा गोल गरे।

जितपछि युनाइटेडले २१ खेलबाट ३८ अंक जोडेको छ। युनाइटेड अझै चौथो स्थानको चेल्सी भन्दा र पाँचौ स्थानको आर्सनलभन्दा ३ अंकले पछि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell