PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले सांसद्को शपथ लिँदै



पहिलोपोस्ट

निर्वाचित भएको एक वर्षपछि रेशम चौधरीले सांसद्को शपथ लिँदै

काठमाडौँः राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले आज शपथ ग्रहण गर्ने भएका छन्।

सभामुख कृष्णबहादुर महराका प्रेस विज्ञ डिल्ली मल्लले बिहान ११ बजे शपथको कार्यक्रम तय भएको बताए।

सांसद चौधरीले सचिवालयलाई पत्र लेख्दै शपथ ग्रहण गराउनुपर्ने माग राखेको थिए। 

प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो मतान्तरसहित विजयी भएका थिए।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरी अहिले थुनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell