PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

वरुणको प्रेमिका आलिया कि नताशा?



पहिलोपोस्ट

वरुणको प्रेमिका आलिया कि नताशा?

बलिउड हिरो वरुण धवनको नाम आलिया भट्टसँग जोडिने गर्छ। उनीहरुको स्क्रिन जोडीलाई दर्शकले रुचाएका पनि छन्। तर, उनीहरु एकअर्काका मिल्ने साथि मात्र हुन्। करण जोहरको फिल्म 'स्टूडेन्ट अफ दि इयर'बाट फिल्ममा डेब्यू गरेका उनीहरुले एकसाथ 'बद्री कि दुल्हनिया'मा काम पनि गरेका थिए।

वरुणको वास्तविक प्रेमिका को हुन् त?

वरुण लामो समयदेखि आफ्नो नताशा दलालसँग प्रेम सम्बन्धमा छन्। नताशा उनको बाल्यकालको मित्र पनि हुन्। पछिल्लो वर्ष उनीहरुको विवाहको चर्चा पनि चलेको थियो। हालै उनीहरु एकसाथ एरपोर्टमा देखिएका थिए।

वरुण र नताशाले मिडियालाई भने आफ्नो प्रेम स्वीकारेका छैनन्। हालै धवनले भने मिडियामा चाँडै विवाह गर्ने बताएका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell