PahiloPost

Jun 24, 2026 | १० असार २०८३

सुरु भयो 'लिटिल स्टार अफ द इयर २०१९'को प्रशिक्षण



पहिलोपोस्ट

सुरु भयो 'लिटिल स्टार अफ द इयर २०१९'को प्रशिक्षण

काठमाडौं : बालबालिकाको सौन्दर्य प्रतियोगिता 'लिटिल स्टार अफ द इयर २०१९'को प्रशिक्षण सुरु भएको छ। प्रतियोगितामा अहिले ६५ प्रतियोगीहरु छन्।

प्रारम्भिक चरणको अडिसनबाट १२० सहभागीमा  यी ६५ प्रतियोगी छानिएका हुन्। मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेललगायतले प्रतियोगितालाई प्रशिक्षण गरिरहेका छन्।

उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बालअधिकार, अनुसासनलगायतको विषयमा ज्ञान लिने आयोजक टिमका गीता पुरीले जानकारी दिइन्।

७ देखि १४ बर्षसम्मका बालबालिकाले सहभागिता रहेको प्रतियोगीतामा ७ देखि ९, १० देखि १२ र १३ देखि १४ गरि भिन्न भिन्नै तीन समुहको विजेता छानिने आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell