PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

भारतीय कन्टेनरबाट २ सय ३५ किलो चरेस बरामद



पहिलोपोस्ट

भारतीय कन्टेनरबाट २ सय ३५ किलो चरेस बरामद

काठमाडौं : प्रहरीले ठूलो मात्रमा चरेश बरामद गरेको छ। लागू औषध नियन्त्रण व्यूरोको टोलीले धादिङको गजुरीबाट २ सय ३५ केजी चरेश बरामद गरेको हो।
 
काठमाडौंबाट फर्किँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो। प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। समातिनेमा सत्यन्द्र सिंह वेघल र पर्सा सोनवर्षा ५ का लाल महम्मद गद्दी रहेका व्यूरोका डिआइजी दिनेश अमात्यले बताए।

प्रहरीले बरामद गरेको एक किलो चरेसको बजार मूल्य २० हजार रुपैयाँदेखि ३० हजारसम्म पर्छ। उनीहरुले राम्रो किसिमको चरेस युरोप र कमसल भारतमा बिक्री गर्ने गरेको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell