PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

रिमेकमा यस्तो बन्यो 'पिरतीको मिठो तिर्सना'...



पहिलोपोस्ट

रिमेकमा यस्तो बन्यो 'पिरतीको मिठो तिर्सना'...

काठमाडौं : फिल्म 'देवता'को चर्चित गीत हो 'पिरतीको मिठो तिर्सना'। गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतको अभिनय छ। कुसुम गजमेर र तुलसी घिमिरेको शब्द तथा रंजीत गजमेरको संगीत रहेको गीत अहिले पनि दर्शकबीच रुचाइन्छ। गीतलाई भारती घिमिरे र इन्द्रजीत मिजारले गाएका थिए।

हालै यो गीतको रिमेक भर्सन सार्वजनिक गरिएको छ। फिल्म 'बीर विक्रम २'मा गीतको रिमेक प्रगोग गरिएको हो। रिमेक भर्सनलाई भने तारा प्रकाश लिम्बू र मेलिना राईले गाएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड छन्। गीतमा प्रगोग गरिएको कस्टमलाई दर्शकले रुचाएका छन्। कविराज गहतराजले गीतमा कोरियोग्राफी गरेका हुन्। रिमेक गीतले रियल भर्सनको गीत जसरी चर्चा पाउला? त्यो विस्तारै थाह हुनेछ। 

'बीर विक्रम २'लाई मिलन चाम्सले निर्देशन गरेका हुन्। चाम्स इम्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण भएको फिल्ममा पल, वर्षा र नाजिरसँगै विनिसा भण्डारी, बुद्धि तामाङ, बालकलाकार मनिष लिम्बु, देशभक्त खनाल, शिशिर राणा, मनोज केसी, सन्तोष खनाललगायतको अभिनय छ।

प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिष शाहको सम्पादन छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell