PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वाइडबडी प्रकरणमा संलग्नको बचाउमा सरकार, प्रवक्ता बास्कोटाले भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन'



बीपी साह

वाइडबडी प्रकरणमा संलग्नको बचाउमा सरकार, प्रवक्ता बास्कोटाले भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन'
फाइल फोटो

काठमाडौं: वाइड बडी विमान खरिद प्रकरणमा दोषी भनिएकाहरु अहिले नै 'दोषी प्रमाणित' भइनसकेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन्। 

आज सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उक्त भनाइ राखेका हुन्।मन्त्रिपरिषदको निर्णय सार्वजनिकसँगै वाइड बडीसम्बन्धी प्रश्नको जवाफमा मन्त्री बास्कोटाले दोषी भनिएकाहरुको बचाउ गर्दै भने, 'अभियोग लाग्दैमा कोही दोषी हुँदैन। अभियोग पूरा गर्न विभिन्न अवस्था पार गर्नुपर्छ। त्यो अवस्था आएको छैन।'

वाइड बडी छानबिन उपसमितिको प्रतिवेदन सार्वजनिक गरिएकोप्रति समेत उनको आपत्ति थियो। मन्त्री बास्कोटाले भने, 'वाइड बडीको उपसमितिले मुल समितिलाई बुझाउने पर्ने प्रतिवेदनलाई आफैले सार्वजनिक गरेको छ। सरकारले आवश्यक ठानेमा अर्को छानविन समिति गठन गर्छ।' 

वाइड बडी विमान खरीद प्रक्रियामा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी र तीन पूर्वमन्त्रीलाई कारबाहीको लागि बुधवार सिफारिस गरेको थियो।

यसैगरी उनले रेशम चौधरीको शपथबारेको प्रश्नमा चौधरीले नियमअनुसार अदालतको निर्णय अनुसार कारवाही भोग्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell