PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हुने भयो 'डिजाइनर अफ द इयर'



पहिलोपोस्ट

हुने भयो 'डिजाइनर अफ द इयर'

काठमाडौं : फेसन डिजाइन सम्बन्धी प्रतियोगिता 'डिजाइनर अफ द इयर' आयोजना हुने भएको छ। नेक्स्ट मोडल्स नेपालले आयोजना गर्ने यो प्रतियोगिता नेपाल पहिलो पटक हुन लागेको आयोजकको दावी छ। 

प्रतियोगितामा फेसन डिजाइनरहरुबिच प्रतिस्पर्धा हुनेछ। विजेताको सृजना र प्रतिभालाई अन्तराष्ट्रिय बजारमा प्रस्तुत गर्ने आयोजक रवि धमलाले बताए।

'डिजाइनर अफ द इयर'को विजेताले कोरियामा आयोजना हुने 'एलबिएमए स्टार अवार्डस् २०१९', 'पुणे फेसन विक २०१९' तथा 'फेसन एक्स्पो २०१९'मा सहभागीता जनाउने अवसर प्राप्त गर्ने बताइएको छ। साथै, 'मिलान फेसन वीक'मा समेत सहभागिताको अवसर प्राप्त गर्ने धमलाको भनाई छ।

प्रतियोगीले स्पेशल ग्रुमिङ कक्ष, सेल्फ मार्केटिङ, फेसन उद्यम, संचार, मिडिया मार्केटिङ लगायतका तालिम समेत लिन पाउनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell